Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

“दुर्घटना भए ३ लाख रुपैयाँ भन्दा १ रुपैयाँ नि दिदैनौँ ”

“दुर्घटना भए ३ लाख रुपैयाँ भन्दा १ रुपैयाँ नि दिदैनौँ ”

काठमाडौं, ०९ असोज । लामो समयको विवाद पश्चात् १० प्रतिशत गाडीभाडा वृद्धिसँगै दशैंको लागी अग्रिम टिकट बुकिङ्ग आजदेखि खुल्ला भएको छ । गत बैशाखमा सरकारले सार्वजनिक यातायात व्यवसाय क्षेत्रको सिण्डिकेट खारेजदेखी नै दशैंमा आन्दोलन गर्ने दाउमा रहेका यातायात व्यवसायीहरुले ईन्धनको मुल्य वृद्धि भएको भन्दै गाडीको भाडादर समायोजन गर्न माग गरेका थिए । आफ्नो स्वामित्व सरकारले खोसेको भन्दै यातायत व्यवसायीहरुले चाडपर्र्वको समयमा उपभोक्तालाई मार पर्ने गरि भाडा वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले गत भदौ २४ गते नै अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्ने भनेको भएपनि व्यवसायीहरुले असोज ५ गतेलाई भाका सारेका थिए । तर सारिएको भाकामा व्यवसायीहरुले टिकट बुकिङ्ग खुल्ला नगरी सरकारसंग इन्धनको मुल्य घटाउन माग गरेपछि विभागले १० प्रतिशत भाडा वृद्धि गर्न अनुमती दिएको हो ।

विभागले यहि आईतबारदेखि देशभरी लागु हुनेगरी बढाईएको भाडादर सार्वजानीक गरेको छ । आयल निगमले इन्धनको मुल्य २ देखी ३ रुपैयाँ सम्म बढाए अनुसार लामो दुरी र छोटो दुरीमा १० प्रतिशत भाडावृद्धि गरिएको विभागले जनाएको छ । विभागले शहरी क्षेत्रमा न्युनतम १४ रुपैयाँ देखी अधिकतम २७ रुपैयाँ सम्म भाडादर कायम गरेको छ ।

यता, यातायात व्यवसाय संघले दशैंका लागि अग्रिम बुकिङ्ग खुल्ला गरेको भएपनि नयाँ गाडीहरु थप नगरेकाले दशंैका लागि टिकट अपुग हुने देखिएको छ । बैंकहरुले सार्वजानीक यातायातमा लगानी नगरेकोनाले नयाँ गाडी थप्न नसकिएको यातायात व्यवसाय राष्ट्रिय महांसघका सचिव सरोज सिटौलाले बताएका छन् ।

टिकट बुकिङ्ग खुल्ला भएको पहिलो दिनमा नै उपत्यका बाहिर जाने यात्रुहरुको टिकट लिन भिड लागेको छ । मंगलबार बिहानैदेखि उपत्यकाका टिकट बुकिङ्ग काउण्टरहरु नयाँ बसपार्क, गौशाला, सुन्धारा, कोटेश्वर, कलंकी लगायतका स्थानमा टिकट लिने यात्रुहरुको भिड देख्न सकिन्छ ।

लामो दुरीका यातायतहरु सामान्य देखी सुविधा सम्पन्न भएता पनि यात्रुहरुले भाडा तिरे अनुरुपको सुविधा भने पाईरहेका छैनन् । डिलक्स, सुपर डिल्कस भन्दै दशैंको समयमा सामान्य भन्दा २ सय रुपैया देखी १ हजार रुपैयाँ सम्म अतिरिक्त टिकटको पैसा व्यवसायीहरुले लिने त गरेका छन् तर, उडुस लाग्ने थोत्ररा विग्रेको गाडीहरुमा यात्रा गराउने गरेको यात्रुहरुको गुनासो छ ।

विगतका वर्षहरुमा यातायात व्यवसायी संघद्वारा १० लाख सम्मको यात्रु दुर्घटना बीमा र घइतेलाई उपचारको सम्पुर्ण खर्च व्यहोर्ने प्रावधान थियो । तर सरकारले सिण्डिकेट हटाएसंगै यात्रु बीमा पनि अन्योलमा नै परेको छ । यात्रुबीमाको लागि सरकारले केही समय अगाडी जीबन बीमा कम्पनीहरुलाई टेण्डर आह्वान गरेको भएता पनि कुनै पनि बीमा कम्पनीहरुले निवेदन दिएनन् । अबका दिनमा सडक दुर्घटना भएमा यातायत व्यवसायी राष्ट्रिय महांसघले ३ लाख रुपैयाँ भन्दा १ रुपैया पनि नव्यहोर्र्नेे सजिव सिटौलाले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x