Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबीच सहकार्य

नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबीच सहकार्य

काठमाडौं, १४ असोज । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ ।

नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले चर्चित कम्पनी एसिया प्यासिफिक हेल्थकेयर इन्डस्ट्रि र बुमरुङग्राड इन्टरनेशनलसँग सहकार्य गर्दै थाइल्यान्डबाट वस्तु तथा सेवाहरु सहज रुपमा आयात गर्नेछ ।

बुमरुङग्राडले नेपाली विमारीको सेवा गर्दै स्थानीयको समर्थन पाउने अपेक्षा लिएको छ । यसका साथै बी टु बी कस्टुमरको डाउन स्ट्रिममार्फत नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडको नेटवर्क विस्तार गर्ने छ ।

यो साझेदारीबाट ग्राहकहरुले बुमरुङग्राडको गुणस्तरीय मेडिकल डायग्नोष्टिक र उपचारको अवसर प्राप्त गर्नेछन् । साथै यहि सहकार्यमार्फत विमारीहरुका लागि अनुभवी डाक्टर तथा नर्स, वल्र्ड क्लास क्लिनिकल इन्नोभेसन, र टेक्नोलोजीको व्यवस्था गरिनेछ ।

बुमरुङग्राड अन्तर्राष्ट्रिय अस्पतालले उच्च गुणस्तरीय मेडिकल केयर प्रदान गर्नुका साथै विभिन्न सेक्टरमा विशेषज्ञहरुको व्यवस्थापन गर्नेछ । विश्वस्तरिय मेडिकल सेवा दिदै आएको यो अस्पताल विश्वकै उत्कृष्ट १० अस्पतालमा पर्दै आएको छ । वालस्ट्रिट जर्नलका अनुसार यो मेडिकल टुरिजमको सबैभन्दा उत्कृष्ट अस्पतालको सूचीमा रहेको छ । ग्लोवल हेल्थले प्रदान गर्ने एसिया प्यासेफिकको उत्कृष्ट मेडिकल टुरिजम अवार्ड २०१८समेत बुमरुङग्राडले जितेकोे छ । हेल्थ एसिया म्याग्जिनले ट्राभल एन्ड मेडिकल अफ दि एयर अवार्ड प्रदान गरेको थियो । बुमरुङग्राडले सुर्वणभूमी अन्र्तराष्ट्रिय विमानस्थलको दोस्रो तलामा अफिस काउन्टर संचालनगरी उपचारमा जाने यात्रुलाई त्यहीबाट सबै ब्यवस्थागरि अस्पताल लाने ब्यवस्थासमेत मिलाएको छ ।

बुमरुङग्राड अन्तराष्ट्रिय अस्पताल एसियाकै सवैभन्दा ठुलो नीजी अस्पताल हो । यसको ५८० भन्दा बढि बेड्, ३० स्पेशल सेन्टर, र ७० भन्दा बढि सब–स्पेशल सेन्टर रहेको छ ।

नेपाल थाइल्यान्ड ट्रेड कर्पोरेशनका अध्यक्ष दिनेश श्रेष्ठले बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्यको सुरुवात गर्न सकेकोमा खुसी व्यक्त गर्दै अब नेपाली विरामीले थाइल्यान्डको उच्चगुणस्तरको मेडिकल नेपालीले पाउने सहज वातावरण निर्माण गर्न सक्ने जानकारी दिए ।

दुवै कम्पनीले गुणस्तरीय हेन्थकेयर सर्भिस प्रदान गर्दै अगाडि बढ्ने अपेक्षा गरेका छन् भने, मेडिकल टुरिजमका लागि पनि नेपाली नागरिकलाई सहयोग गर्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x