Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल प्रहरीमा ७ हजार २ सय ७६ जनालाई रोजगारीको अबसर

नेपाल प्रहरीमा ७ हजार २ सय ७६ जनालाई रोजगारीको अबसर

काठमाडौं, १५ असोज । नेपाल प्रहरी कार्यलयले विभिन्न पदमा ७ हजार २ सय ७६ जनाको लागी नयाँ भर्ना खुलाएको छ । प्रहरी कार्यलयले सहयोगी देखि प्रहरी जवान, इन्सपेक्टरसम्म नयाँ भर्ना खुलाएको छ । भर्ना खुलाएकोमा सबैभन्दा बढी प्रहरी जवानमा ६ हजार २ सय ४४ जना रहेको छ भने प्रहरी निरीक्षकमा १ सय ८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी कार्यलयले खुलाएको नयाँ भर्नामा खेलाडीहरुको संख्या पनि उल्लेख्य छ । कार्यालय सहयोगी खेलाडी पदमा ३० जना माग गरिएको छ । जस अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन लगाएताका विधामा दरखास्त दिन पाइने छ ।

प्रहरी जवान पदका लागि काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने छ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

यही असोज १८ देखि कात्तिक २९ गतेसम्म दरखास्त फारम बुझाउन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x