Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

इनोभेटिभ अवार्ड चन्द्रागिरि हिल्स लिमिटेडलाई

इनोभेटिभ अवार्ड चन्द्रागिरि हिल्स लिमिटेडलाई

काठमाण्डौ, १५ असोज । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडलाई प्रदान गरेकी हुन ।

चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँच युक्तता प्रवद्र्धन गर्ने ¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथाव्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरे वापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x