Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेञ्चुरी बैंकका ग्राहकलाई सुमेरु अस्पताल छुट

सेञ्चुरी बैंकका ग्राहकलाई सुमेरु अस्पताल छुट

काठमाण्डौ, १८ असोज । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले सुमेरु अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा सयेर धनीहरुलाई सहुलियत प्रदान गर्ने गरि अस्पतालसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड वाहक ग्राहकहरु तथा बैंकका सयेरधनिहरुले अस्पतालको आईपिओ लगायत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुटका साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

हाल बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय २२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x