Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा ब्यवसायिक कुखुरापालन तालिम

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा ब्यवसायिक कुखुरापालन तालिम

काठमाण्डौ, २० असोज । निर्धन उत्थान वित्तिय संस्थाले कैलालीमा व्यवसायिक कुखुरा पालन तालिम सम्पन्न गरेको छ । व्यवसायीक कुखुरा पालन सम्बन्धी सम्पुर्ण पक्षहरुको तालिम गराई वित्तिय संस्थाले २५ जना कृषकहरुलाई व्यवसाय शुरु गर्न सहुलियतमा कर्जा समेत दिएको छ ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको छ । साथै संस्थाले साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवा दिई धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको वित्तिय संस्थाले जनाएको छ

संस्थाले २०७५ भाद्र मसान्तसम्ममा ३ लाख २० हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ भाद्रसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अर्ब ४९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ७० करोड बचत परिचालन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x