Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बीजी मलको फ्याण्टाष्टिक दशैंतिहार उपहार योजना

बीजी मलको फ्याण्टाष्टिक दशैंतिहार उपहार योजना

काठमाडौं, २४ असोज । नयाँ बसपार्कमा रहेको बीजी मलले दशैंतिहार लक्षित उपहार योजना सञ्चालन गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको जनाइएको छ ।

‘फ्याण्टाष्टिक दशैंतिहार, हरेक दिन उपहार’ नाराका साथ सञ्चालित योजनामा सहभागी हुन ग्राहकले कम्तीमा १ हजार रुपैयाँको सामान खरिद गर्नुपर्नेछ । सामान खीरद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने बताइएको छ ।

योजनाअन्तर्गत ग्राहकले दैनिक रूपमा स्मार्ट फोन, १ हजार रुपैयाँ नगद छूट, खाजा तथा अन्य उपहार प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, साप्ताहिक रूपमा ३२ इञ्चको सीजी टेलिभिजन, सीजी वासिङ मेशिन, र सीजी साउण्ड बार उपहारका रूपमा पाउनेछन् ।

योजनाको बम्पर उपहारका रूपमा एक जनाले टीभीएसको अपाचे मोटरसाइकल, तथा एक जनाले टीभीएसकै जुपिटर स्कुटर तथा एक जोडीले ४ रात ५ दिनको बैङ्कक भ्रमणको अवसर पाउने बताइएको छ । उपहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x