Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआरएनएको आयोजनामा शुक्रबार देखि काठमाडौंमा विज्ञ सम्मेलन हुँदै

एनआरएनएको आयोजनामा शुक्रबार देखि काठमाडौंमा विज्ञ सम्मेलन हुँदै

काठमाडौ, २४ असोज । गैर आवासिय नेपाली संघ (एनआरएनए) को आयोजनामा शुक्रबार देखि काठमाण्डौंमा विज्ञ सम्मेलन सुरु हुदै छ । विश्वका बिभिन्न मुलुकहरुमा छरिएर रहेका नेपालीहरुको ज्ञान, सिप र अनुभव साटासाट गर्ने र विदेशमा कमाएको पुँजी नेपालमा लगानी गर्ने उद्धेश्यले सम्मेलन आयोजना गर्न लागिएको राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

तीन दिन सम्म चल्ने सम्मेलनमा नेपाल लगायत अन्य ५० भन्दा बढी विज्ञ लगायत ३ सय ५० भन्दा बढी गैरआवसिय नेपालीहरुको सहभागीता रहने अध्यक्ष भवन भट्टले बताए । संघले विगत १५ बर्ष देखी बैदेशीक रोजगारी र अध्ययनका लागि विदेशीने नेपालीहरुको सीप र पुँजीलाई नेपाल सरकारसँगको सहकार्यमा नेपालमा लगानी गरिरहेको उनले बताए ।

३ दिने उक्त सम्मेलनको पहिलो दिनमा विज्ञान तथा प्रविधि, प्रविधिक जनशक्तिको अवस्था र त्यसको नेपालमा आवश्यकता विषयमा छलफल हुनेछ । दोस्रो दिन गैरआवसिय नेपालीहरुले विदेशमा कमाएको पुँजी नेपालको कुन कुन क्षेत्रमा लगानी गर्ने र वातावरणीय प्रदुषण, वैकल्पिक उर्जा, आदीका बारेमा छलफल हुने छ । त्यस्तै तेस्रो दिन सम्मेलनको समिक्षा, निष्र्कष र भविष्यको योजना तयार पार्ने र सोही योजना पूर्तिका लागि नेपाल सरकारका विभिन्न निकायहरुसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x