Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

उर्जा र वित्तिय क्षेत्रका नीतिगत सुधारका लागि विश्व ब्यांकको २३.५ अर्ब

उर्जा र वित्तिय क्षेत्रका नीतिगत सुधारका लागि विश्व ब्यांकको २३.५ अर्ब

काठमाडौं, २४ असोज । विश्व ब्यांकले नेपालको उर्जा तथा वित्तिय क्षेत्रमा महत्वपूर्ण नीतिगत सुधारका लागि २० करोड डलर अर्थात् २३ अर्ब ५० करोड रुपैँया सहयोग दिएको छ । विश्व ब्यांकले नेपाल सरकारलाई बजेटरी सहयोग स्वरुप यो सहायता दिएको हो ।

इन्डोनेसियाको बालीमा आयोजित विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा सहयोग सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको विश्व बैंकले जनाएको छ ।

अहिले देशको उर्जा क्षेत्रमा भइरहेका सुधारले सरकारले आगामी दश वर्षमा १५,००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पुरा हुने अपेक्षा गरिएको छ । बालीमा विश्व ब्यांक्को वार्षिक बैठकका दौरानमा दुई सम्झौता भएका छन् । पहिलो सम्झौता अन्तर्गत विश्व ब्यांकले उर्जा क्षेत्र सुधारका लागि बजेटरी सहयोग स्वरुप १० करोड डलर अर्थात् ११ अर्ब ७० करोड रुपैँया दिएको छ । जुन वित्तिय क्षेत्र सुधार अन्तर्गतको बजेटरी सहयोग हो ।

जुन सन् २०१३ मा सुरु भएको थियो । वित्तिय क्षेत्रमा अत्यावश्यक कानूनी तथा प्रशासनिक सुधारहरुमार्फत् वित्तिय संस्थाहरुलाई आपसमा गाभ्ने काम भएको छ । वित्तिय स्थायित्व कायम गर्न तथा वित्तिय सेवाको पहुँचमा वृद्धि भएको छ । यो सम्झौता वित्तिय क्षेत्र सुधार अन्तरर्गत अन्तिम बजेटरी सहयोग हो । विश्व ब्यांकका राष्ट्रिय निर्देशक सियाओमी फानले यी दुई सहयोगले नेपालमा नीतिगत सुधारमा सहयोग प्राप्त भई लगानी आकर्षित हुने र मुलुक आर्थिक संवृद्धितर्फ अघि बढ्ने बताए ।

दोस्रो सहयोग उर्जा क्षेत्र विकासका लागि बजेटरी सहयोग हो । यो उर्जा क्षेत्रको सहयोगका लागि पहिलो सहयोग हो । यस अन्तर्गत महत्वपूर्ण नीतिहरुमा सुधार, नेपाल विद्युत् प्राधिकरणको व्यावहारिकतामा सुधार, स्वचालित, जवाफदेही र पारदर्शी नियामकीय संरचनाको विकास, विद्युत् व्यापारलाई प्रवद्र्धन लगायत महत्वपूर्ण कामहरु हुनेछन् । उक्त सम्झौतामा अर्थमन्त्रालय अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल तथा राष्ट्रिय निर्देशक सियाओमी फानले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हट्वीग साफेरको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x