Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शनिवार बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

शनिवार बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २५ असोज । बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी शनिवार पनि आफ्ना शाखा तथा काउण्टर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राजस्व व्यवस्थापन महाशाखाले आगामी असोज २७ गते राजस्व बुझ्नको लागि अनिवार्य रुपमा बैंक तथा वित्तिय संस्थाको कार्यालय खोल्न अनुरोध गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

कार्यालय खोलेर राजस्व बुझ्ने व्यवस्था गर्नुका साथै राजस्व जम्मा गर्ने र दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंक तथा वित्तीय संस्थासँगै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड समेत खुला गर्न निर्देशन दिईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x