Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साझाको टिकट अव अनलाईनबाटै काट्न सकिने

साझाको टिकट अव अनलाईनबाटै काट्न सकिने

काठमाडौं, २५ असोज । साझा यातायात र बससेवा डटकमबीच अनलाइनबाट टिकट बुक गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् ।

साझा यातायातले दियालो टेक्नोलोजिले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको जनाएको छ।

हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङ सम्म चल्ने गर्दछ । भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा पनि हिजो देखि सुरू भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x