Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुन्धारामा खुल्यो सिटीसी मोबाइल हब

सुन्धारामा खुल्यो सिटीसी मोबाइल हब

काठमाडौं, २६ असोज । काठमाडौंको सुन्धारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा ल्याएको छ । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हब संचालनमा ल्याएको हो ।

नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले भारी छुट सहित मोबाइल मेला सुरु गरेको जनाएको छ । असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x