Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

थापाथलीबाट खाद्य संस्थानले थल्यो खसी, बोका बिक्री

काठमाडौं, २६ असोज । नेपाल खाद्य संस्थानले दशैंंका लागि आज देखि खसी, बोका र च्याङग्रा बिक्री सुरु गरेको छ। संस्थानले थापाथली स्थित कार्यालय परिसरबाट बिक्री सुरु गरेको हो ।

यो पटक २ हजार खसी, बोका र च्याङग्रा बिक्री गरिने संस्थानका प्रवक्ता शंकर सापकोटाकाले जानकारी दिए । उनका अनुसार बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा र मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याइसकिएको छ। बाँकी हेटौंडाबाट खसी, बोका काठमाडौं आए पश्चात संस्थानले बिक्री गर्ने छ ।

लागत र बजार भाउलाई हेरेर सुपथ मुल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गरि प्रतिकेजी १० रुपैयाँ छुट दिईने छ । सापकोटाका अनुसार बजारको भन्दा सस्तो मूल्यमा संस्थानले विक्री गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x