Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिक लगानी कोष अध्यक्षको पदबहाली

नागरिक लगानी कोष अध्यक्षको पदबहाली

काठमाडौं, २६ असोज । नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले आज पदबहाली गरेका छन् । कोष संचालक डा.रामशरण खरेलले डा .भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आएका छन् ।

भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरेको अनुभव छ । यो सँगै नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x