Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल क्लियरिङ हाउसले २० प्रतिशत बोनस सेयर दिने पक्का

नेपाल क्लियरिङ हाउसले २० प्रतिशत बोनस सेयर दिने पक्का

काठमाडौं, २६ असोज । नेपाल क्लियरिङ हाउस लिमिटेडको ७ औं वार्षिक साधरणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको छ ।

नेपाल क्लियरिङ हाउसको आज राजधानीमा सम्पन्न साधरणसभाले चुक्ता पुँजीको २० प्रतितशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर पारित गरेको छ । कम्पनीको चुक्ता पुँजी १८ करोड रुपैयाँ रहेकोमा बोनस शेयरपश्चात् चुक्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र १० प्रतिशत स्मार्ट च्वाइस टेक्नोलोजीजिको शेयर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x