Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विद्यालयलाई हिमालय बैंकको कम्प्युटर सहयोग

विद्यालयलाई हिमालय बैंकको कम्प्युटर सहयोग

काठमाडौं, २६ असोज । हिमालयन बैंक लिमिटेडले पच्चीसौं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई कम्प्युटरहरु प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको कुलेश्वरमा रहेको कुलेश्वर माध्यमिक विद्यालयलाई ६ थान, बालाजुको तरुण माध्यमिक विद्यालयलाई १२ थान, ललितपुरको ठेचो सरस्वती उच्च माध्यमिक विद्यालयलाई १२ थान कम्प्युटर प्रदान गरेको छ।

त्यस्तै निजगढको जनजागृति आधारभूत विद्यालयलाई ५ थान तथा दोलखाको महेन्द्रोदय माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सर्व सुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासित गर्न सहयोग पु¥याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरेको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x