Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भवन निर्माण भएरपनि अलपत्र

काठमाडौं, २८ असोज । भवन डिभिजन कार्यालय बैतडी बाट बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिकाको मटेलामा रहेको मटेला स्वास्थ्य चौकिको भवन निर्माण सम्पन्न भएर पनि अलपत्र परेको छ ।

२०७५ पौष मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएकोमा निर्माण जिम्मा लिएको बिकोई बिल्डसले सम्झौता भन्दा ४ महिना अगाडि काम सक्काउँदा पनि भवन हस्तान्तरण प्रकृयामा ढिलाइ भईरहेको छ ।

भवन डिभिजन कार्यालय बैतडी खारेज हुँदा निर्माण सम्पन्न भइसकेको स्वास्थ्य चौकि भवनको भुक्तानी एवम हस्तान्तरण प्रकृयामा ढिलाई भएको बिकोई बिल्डसका प्रतिनिधि दल बाहादुर बिष्ट ( कृष्ण) ले बताएका छन् ।

डिभिजन कार्यालय बैतडीबाट भवन निर्माण गर्ने जिम्मा बिकोई बिल्डसले पाएको थियो । करिब १ करोड ७६ लाख लगानीमा सम्पन्न भएको दुई तले भवन सम्वन्धित कार्यालयले अनुगमन तथा मुल्यांकन नगर्दा अलपत्र परेको छ ।

उक्त भवन निर्माणका लागि बिकोई बिल्डससँग २०७४ अषाढ २५ गते सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x