Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हिमालयन एयरलाइन्सले पायो चीन उडान अनुमति

हिमालयन एयरलाइन्सले पायो चीन उडान अनुमति

काठमाडौं, २ कात्तिक। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले  चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ ।  चीनको पर्यटकीय शहर छोङछिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले  चीनको हवाई बजारमा प्रवेश गरेको छ ।
सुरुवातमा प्रत्येक हप्ताको बिहीबार छोङछिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। छोङछिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो ।

२०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलान्सको जहाजले २०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलाइन्सको जहाजले छोङछिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको १११:०५ मा अवतरण गरेको थियो । २०७५ कात्तिक २ गते चोङकिङबाट हिमालयएयरलाइन्सको जहाजले स्थानीय समय रातको १२:०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १:५५ मा अवतरण गरेको थियो ।

बेइजिङ, हाएकाउ, नान्चाङ मा पनि उडान विस्तार गर्ने एयरलाइन्सले लक्ष्य लिएको छ।

नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन।

नेपाल-चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, खुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्।

चीनले बेइजिङमा ‘स्लट’ छैन भनेर नेपाल एयरलाइन्सलाई पन्छाएको थियो भने ग्वान्जाउमा पनि अहिलेसम्म दिएको छैन।

चिनियाँ एयरलाइन्सले भने अहिले विभिन्न विमानस्थलबाट काठमाडौंका लागि सातामा ४८ उडान गरिरहेका छन्। सम्झौताअनुसार सातामा ७० वटासम्म उडान गर्न पाइन्छ। तर नेपाली एयरलाइन्सले भने अहिलेसम्म एउटा उडानको पनि अनुमति पाएका छैनन्।

तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले सम्झौता बाहिरकै सहरमा भएपनि चिनियाँ पक्षले उडान अनुमति दिएको छ। जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११:०५ मा अवतरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x