Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

घुम्नलायक पर्यटकीय गन्तव्यमा काठमाडौं छानियो

घुम्नलायक पर्यटकीय गन्तव्यमा काठमाडौं छानियो

काठमाडौं, ०६ कात्तिक । विश्वका घुम्नलायक पर्यटकीय गन्तव्यस्थलका रुपमा काठमाडौं पनि छनौट भएको छ ।

लोन्ली प्लानेटले सार्वजनिक गरेको सन् २०१९का लागि विश्वका १० उत्कृष्ट घुम्नलायक सहरको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ ।

तीन वर्षअघिको भूकम्पले तहसनहस भएको शहरको रुपमा चिनिएको काठमाडौं अहिले पूनर्निर्माण भएको भन्दै लोन्ली प्लानेटले सहज विद्युत तथा वाइफाइका कारण थप सुविधायोग्य भनेर चित्रण गरेको छ ।

उक्त सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा फ्लोरिडाको मियान्मी, पाँचौंमा नेपालको काठमाडौं, छैठौंमा मेक्सिकोको मेक्सिको शहर, सातौंमा सिनेगलको डाकर, आठौंमा वासिङ्टनको सियटल, नवौंमा क्रेयसियाको जादर र दसौंमा मोरोक्कोको मेक्नेस छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x