Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माथिल्लो तामाकोशी हाइड्रोपावरको आईपिओ निष्काशन

माथिल्लो तामाकोशी हाइड्रोपावरको आईपिओ निष्काशन

काठमाडौं, १५ कात्तिक । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले आजदेखि कात्तिक १९ गतेसम्म आवेदन दिन सक्ने गरी साधारण शेयर (आईपिओ) खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणमा चुक्ता पूँजीको १५ को प्रतिशत अर्थात् १अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण शेयर खुल्ला गरेको हो । एक सय रुपैयाँ अंकित दरको यस साधरण सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

आईपिओ बिक्री प्रबन्धकको रुपमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईनबाटै आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले दोलखाका स्थानीयबासीका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेर बुधबार बाँडफाँड गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x