Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुरज वैद्य नेपाल भ्रमण बर्ष २०२० को राष्ट्रिय संयोजकमा नियुक्त

सुरज वैद्य नेपाल भ्रमण बर्ष २०२० को राष्ट्रिय संयोजकमा नियुक्त

काठमाडौं, १६ कात्तिक । उद्योगी सुरज वैद्य नेपाल भ्रमण बर्ष २०२० को राष्ट्रिय संयोजकमा नियुक्त भएका छन् ।

नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई आगामी ३ वर्षका लागि पर्यटन वर्ष २०२०को राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो ।

वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङका अध्यक्ष र सार्क चेम्बर अफ कर्मशका समेत पूर्व अध्यक्ष हुन् । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने र २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ । यो कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि वैधेलाई संयोजकमा नियुक्त गरेको हो ।

वैद्य सार्क उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। साथै सार्क चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुन्।

त्यस्तै प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्न निजी क्षेत्रसमेतको संग्लनतामा गठन भएको समितिका सदस्य समेत हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x