Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई नर्भिक अस्पतालमा विषेश छुट

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई नर्भिक अस्पतालमा विषेश छुट

काठमाडौं, १८ कात्तिक । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता भएकोे छ ।

सम्झौता बमोजिम नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाईनर्भिक अन्तराष्ट्रिय अस्पतालका वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३० प्रतिशतको छुट, Pathology, Radiology CT/MRI Scan, Mammogram, Cardiac Non-Invasive examinations, Surgical Charges लगायत शल्यक्रिया शुल्कहरुमा १० प्रतिशतकोे विशेष छुट र अस्पताल भर्ना हुंदा लाग्ने Bed Charges मा ५ प्रतिशतको विशेष छुटको व्यवस्था गरिएको छ ।

साथै नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्सा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

थापाथली स्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल एक सुविधा सम्पन्न १५० बेड सहितको स्वास्थ्य संस्था हो । अस्पतालमा ३५ विशेसज्ञ विभाग र एक वेलनेश सेन्टर रहेको छ ।

यता, नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, ११८ वटा एटिएमहरु र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x