Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मन्थली विमानस्थल संचालनमा आएपछि स्थानीयहरु पर्यटकीय पूर्वाधार निर्माणमा लाग्दै

मन्थली विमानस्थल संचालनमा आएपछि स्थानीयहरु पर्यटकीय पूर्वाधार निर्माणमा लाग्दै

काठमाडौं, १८ कात्तिक । विगत दुई वर्ष देखि बन्द रहेको रामेछापको मन्थली बिमानस्थल पुन संचालनमा आएसँगै त्यस क्षेत्रको व्यापार व्यवसाय थप चालयमान हुन थालेको छ । यो बिमानस्थल संचालनमा आएसँगै काठमाडौ बिमास्थलबाट लुक्ला जाने पर्यटकको चापमा समेत कमि आएको छ । हाल रामेछापबाट लुक्ला दैनिक सरदर २४ वटा उडान भइरहेको नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।

बिमानस्थल संचालनमा आएसँगै स्थानीय उद्योगी, व्यवसायीहरुले आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् । उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापाले पर्यटक स्तरीय होटल सहित अन्य पूर्वाधार निर्माणमा तयार रहेको भन्दै विमानस्थल लगातार संचालनका लागि सरकारसँग आग्रह गरे ।

रामेछाप जिल्लमा पर्यटनको सम्भावना प्रवल रहेको र त्यसको प्रवद्र्धनका लागि पनि पर्यटन व्यवसायीहरुसँग आवश्यक छलफल गरिने उनले बताए । यो जिल्ला विश्वकै सर्वोच्च शिखर सगरमाथाको मुख्य प्रवेशद्धार पनि हो । यसका साथै जिल्लामा अन्य विभिन्न धार्मिक महत्वका पोखरी, मठमन्दिर लगायत अनगिन्ती सम्पदाहरु रहेको छ । सुनकोसी, तामाकोसी र लिखु नदीमा ¥याफ्टिङको पनि ठुलो सम्भावना रहेको छ ।

यो जिल्लामा अर्थोडक्स चिया तथा अलौची खेतीको राम्रो सम्भावना हुनुका साथै अदुवा, आलु, अनार, किवी र जुनारको व्यवसायीक खेती समेत भइरहेको छ । यो पनि पर्यटकका लागि थप रोचक हुन सक्ने स्थानीयहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x