Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

संखुवासभाको खाँदबारीमा करदाता सेवा कार्यालय संचालनमा

संखुवासभाको खाँदबारीमा करदाता सेवा कार्यालय संचालनमा

काठमाडौं, १८ कात्तिक । सरकारले संखुवासभाको खाँदबारीमा करदाता सेवा कार्यालय संचालनमा ल्याएको छ । सो कार्यालयको आज एक कार्यक्रमका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गरे ।

सरकारले चालु आर्थिकको बजेट मार्फत आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउने र राजस्व प्रशासनमा थप सुधार गर्ने लक्ष्य लिएको थियो । सोही अनुसार करदाता सेवा कार्यालयको स्थापना गरिएको बताइएको छ ।

यसअघि सरकारले आन्तरिक राजस्व कार्यालय भरतपुर अन्तर्गत नवलपुरको कावासोतीमा करदाता सेवा कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) तर्फ महेशपुर भन्सार कार्यालय र कपिलबस्तुमा सुठौली भन्सार कार्यालय स्थापना गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x