Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आइपिएस ई–पेमेन्टबाट सेयर ब्रोकरलाई पनि भुक्तानी गर्न सकिने

आइपिएस ई–पेमेन्टबाट सेयर ब्रोकरलाई पनि भुक्तानी गर्न सकिने

काठमाडौं, १९ कात्तिक । सेयर ब्रोकरलाई गरिने भुक्तानी पनि अब कनेक्ट आईपिएस ई–पेमेन्ट प्रणालीबाट नै गर्न सकिने भएको छ । सेयर कारोबारलाई अटोमेसन प्रणालीमा लैजान गरिएको प्रयासलाई मदत गर्ने उद्देश्य सहित ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको उत्तः प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाईएको हो ।

लगानीकर्ताहरुले सेयर खरीद गरे वापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आईपीएस डटकममा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा सजिलै रकमान्तर गर्न सक्ने छन् । हाल सम्ममा यस प्रणालीमा १२ जना ब्रोकरहरु (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) आवद्ध भइसकेको जनाइएकोछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x