Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सन्राइज बैंकको शाखा संजाल १ सय २ पुग्यो

सन्राइज बैंकको शाखा संजाल १ सय २ पुग्यो

काठमाडौं, २० कात्तिक । सन्राइज बैंकले काठमाडौंको मनमैजु, बाँकेको कोहलपुर र स्याङजाको वालिङ्गमा शाखा कार्यालय संचालन गरेको छ । सोमबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मनमैजु शाखा संचालक समितिका सदस्यहरु डा. भोगेन्द« गुरागाई र ई. श्री बच्छराज तातेडज्यूले उद्घाटन गरेका थिए । त्यस्तै कोहलपुर शाखा, कोहलपुर नगरपालिकाका मेयर लुत बहादुर रावत तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र वालिङ्ग शाखा वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाँड र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले संयुक्त रुपमा गरेका थिए ।

आइतबार, टिकापुर नगरपालिका र लम्की चुहा नगरपालिका कैलालीमा आफ्नो शाखाहरू बिस्तार गरेको थियो । टिकापुर शाखाको उद्घाटन टिकापुर नगरपालिका मेयर तपेन्द्र रावलले, उप–मेयर केशरी विष्ट रावलले गरेका थिए । सोहि दिन लम्की चुहा नगरपालिका मेयर महादेव बजगाइ र बैंकका नायव महाप्रबन्धक रविन नेपालले लम्की शाखाको उद्घाटन गरेका थिए ।

उक्त शाखारूको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १सय २ वटा शाखा, २४ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय ११ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x