Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुरु भयो सेयरमा अनलाईन कारोबार, बजारलाई सकारात्मक बाटोमा डोर्याउनेमा अर्थमन्त्री विश्वस्त

सुरु भयो सेयरमा अनलाईन कारोबार, बजारलाई सकारात्मक बाटोमा डोर्याउनेमा अर्थमन्त्री विश्वस्त

काठमाडौं, २० कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार देखी अनलाईन सेयर कारोबार संचालनमा ल्याएको छ । अनलाईन कारोबारको अर्थ मन्त्री डा. युवराज खतिवडा गरे । सो कार्यक्रममा उनले सेयर बजारमा संस्थागत लगानीकर्ताको कमि रहेको बताए । बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत निक्षेपकर्तालाई ११ प्रतिशत सम्म ब्याजदर तोकिदिएको कारण सेयर बजारमा संस्थागत लगानीकर्ताको कमि रहेको बताएका हुन् ।

हरेक चिजको सिजन भएजस्तै बैंकिङ तरलताको पनि सिजन हुने हुँदा केहि समयसम्म यस्तो सिजन कायम रहने पनि उनले बताए । मन्त्री खतिवडा भन्छन् ‘बैंकमा सधै ११ प्रतिशत व्याज पाइँदैन त्यसैले आफ्नो लगानीलाई विविधीकरण गर्नुहोस् । देशको रहेक क्षेत्रको आर्थिक कारोबारमा र मुलुकको आर्थिक वृद्धि ७÷८ प्रतिशत हुदाँ पनि बढ्न नसकेको सेयर बजारलाई अनलाईन कारोबारले सकारात्मक बाटो तर्फ लैजान सहयोग गर्ने छ । ’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले म्यूचअल फण्डको भूमिकाको आलोचना पनि गर । म्यूचअल फण्डहरूले पुँजीबजारमा सेयर कारोबारीको भूमिका मात्र निभाएको उनको भनाई थियो ।

नेपाल स्टक एक्सचेञ्ज स्थापना भएको २५ बर्षपछि नेपालको सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालनमा ल्याएको हो । यसले सेयर बजारलाई आधुनिक चरणमा पु¥याउनुका साथै मुलुकको ७७ वटै जिल्लामा बजारको विकास र पुहँच विस्तार गर्ने नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट पनि लगानीकर्ताहरुले सजिलै कारोबार गर्ने सक्ने हुँदा अबका दिनमा लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म पुग्नु पर्ने झन्झटबाट मुक्ती पाउने साउदले बताए । अनलाईन कारोबारले देश तथा विदेशका कुना काप्चामा रहेका लगानीकर्ताहरुलाई पनि समेट्ने हुदाँ सेयरबजारको भविष्य आगामी दिनमा उज्वल रहेने विश्वास पनि उनको छ ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठले नेप्सेको सेयर बिक्रीका लागि केन्दि«य बैंकले डिडिए प्रस्ताव गरिरहेको र बैंकहरुलाई पनि सेयर ब्रोकरको लाईसेन्स दिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x