Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा तिव्रता

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा तिव्रता

काठमाडौं, २४ कात्तिक । आर्थिक वर्ष २०८० मा सकाउने गरी भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ बनाउने कामले तिव्रता पाएको छ । अहिलेकै गतिमा काम भएमा आर्थिक वर्ष २०८० सम्ममा यो आयोजनाका सबै काम सकिने र त्यसका लागि २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर सुरुङ बनाउन टनेल बोरिङ मसिन (टीबीएम) प्रयोग गरिएको हाल झण्डै ९ किलोमिटर सुरुङ खनिसकेको बताइएको छ । सुरुङ मार्ग निर्माणको काम चिनियाँ कम्पनीले गरिरहेको छ ।

उक्त आयोजनाबाट बाह्रै महिना करिब ४७ मेगावाट विद्युत् उत्पादन हुने र ५१ हजार हेक्टर कृषियोग्य क्षेत्रमा सिँचाइ र्पुयाउने लक्ष्य राखिएको छ ।

भेरी नदीको पानी बबई नदीमा झारेर त्यसबाट विद्युत् उत्पादन गर्ने र बाँके बर्दियामा सिँचाइ सुविधा र्पुयाउने गरी निर्माण भइरहेको उक्त आयोजनामा नेपालमै पहिलो पटक टनेल बोरिङ मसिन (टीबीएम) प्रयोग गरिएको छ । मसिनले दुई नदीका बीचमा सुरुङ बनाउने काम गरिरहेको छ । उक्त सुरुङमार्गको जोखिमपूर्ण क्षेत्रमा टिबीएम मसिनले काम गर्न सक्ने हो या होइन भन्ने आशङ्का हटिसकेको आयोजना कार्यालयले जनाएको छ ।

बीबीसी न्यूज नेपालीबाट साभार गरिएको

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x