Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा २ करोड ५० लाख डलरको वार्षिक अनलाइन सपिङ

नेपालमा २ करोड ५० लाख डलरको वार्षिक अनलाइन सपिङ

काठमाडौं , २५ कात्तिक । पछिल्लो समय नेपालमा ई–कमर्स (अनलाइनबाट हुने व्यापार)को आकार उच्च दरमा बढेको छ । नोभेम्बर ११ मा अहिलेसम्मकै ठूलो बिक्री अफर सार्वजनिक गरेको ई–कमर्स पोर्टल दराजले उक्त दिन दराजसँग रहेका सामानमा ८० प्रतिशतसम्म छुट दिने जनाएको छ । चिनियाँ इ–कमर्स प्लेटफर्म अलिबाबाले स्वामित्व लिएको दराज अनलाइन सपिङ पोर्टलका प्रबन्ध निर्देशक राजीव अमात्यका अनुसार नेपालमा अनलाइनबाट हुने व्यापारको आयतन वार्षिक ३०० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले नेपालमा अनलाइन व्यापारको आयतन २ करोड ५० लाख अमेरिकी डलर बराबर रहेको उनले बताए ।

धेरैथरी उत्पादन, प्रतिस्पर्धी बजार मूल्यमा प्राप्त गर्न सकिने र घर अथवा ग्राहकलाई पायक स्थानसम्म सकेसम्म छिट्टै पुर्याइदिने सेवाका कारण पछिल्लो समय युवा पुस्तामा अनलाइन सपिङको आदत बढ्दै गएको अमात्यको भनाइ छ ।
दराजसँग मात्रै अहिले एक लाख उत्पादनहरु छन् भने आगामी ६ महिनामा ६ लाख उत्पादन पुर्याउने दराजको योजना छ । दराजले आफ्नै लजिस्टीक दराज एक्सप्रेस पनि शुरु गरिसकेको छ । अहिले दराजको अनलाइन सपिङ प्लेटफर्ममा ७ लाखले भिजिट गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x