Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुलुकको सबै भन्दा ठुलो कोष संचालन गर्दै सरकार, ओली भन्छन् “सरकार श्रमजीवि नेपालीहरुको लागी नै काम गर्न तल्लिन रहेको छ” ।

मुलुकको सबै भन्दा ठुलो कोष संचालन गर्दै सरकार, ओली भन्छन् “सरकार श्रमजीवि नेपालीहरुको लागी नै काम गर्न तल्लिन रहेको छ” ।

काठमाडौं, ११ मंसिर । सरकारले मंगलबार देखी औपचारीक रुपमा सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको उद्घाटन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सादेदारीमा आधारीत उक्त योजनामा राज्यले सबै स्तर तथा क्षेत्रको नागरिकहरुलाई समेटेको बताएका छन् । श्रमजीविहरुकोे सम्मान गर्दै सरकारले मुलुकमा यथावत रहेको श्रमिक र रोजगारदाताहरु बिचको दुरीलाई हटाउदै उनीहरुको उच्च उत्पादन र उच्च ज्यालाको अपेक्षालाई पुरा गर्ने यो योजना ल्याएको प्रधानमन्त्री ओलीको भनाई छ ।

सरकारले आज भन्दा अगाडी जनताको हितमा धेरै विकासका कामहरु गरेको बताउदै उनले राज्यले गरिरहेको काम नदेख्ने सरकार विरोधीहरुले नचाहेर पनि सरकारको राम्रो कामहरु हेर्नु पर्ने बाध्यता आएको बताए । प्रधान मन्त्री आली भन्छन् “ अबका केही दिनमा नै मेलम्ची आउछ, काठमाडौंका सडकमा धुलो हटाउने तथा सडकलाई नुहाउने धुलाउने काम सरकारले गर्छ, सरकार श्रमजीवि नेपालीहरुको लागी नै काम गर्न तल्लिन रहेको छ ।” सरकारले नौ महिना सम्म पनि सिन्को भाँच्न सकेन भन्नेहरु प्रति आक्रोस व्यक्त गदै प्रधानमन्त्री आलीले सरकार सिन्को भाँच्न, जुम्रो मार्न होइन विकास गर्ने बनेको हो र सरकार नदेख्नेहरुले मजदुर, गरिब र दुःख पाएकाहरुलाई गएर सोध्दा हुन्छ उनीहरुले देखेका छन् सरकार भनेका छन् । सामाजिक सुरक्षा कोष अबका दिनमा देशको सबै भन्दा धेरै रकम जम्मा गर्ने कोषको रुपमा स्थापित हुने हुँदा मुलुकको आर्थिक विकासका क्षेत्रमा लगानी बढाई यसको उपयोगीता गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

उक्त कार्यक्रममा श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गर्ने सक्ने गरि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको बताएका छन् । लामो समयको संर्घष पश्चात उक्त योजना सार्वजानीक गर्न सफल भएको बताउदै मन्त्री बिष्टले अबका दिनमा आम नेपालीको जिवन स्तर राम्रो हुने र रोजगारदाताहरुले ढुक्क संग लगानी गरि धेरै भन्दा धेरै रोजगारीको सृजना गर्ने समय आएको बताए ।

यसै गरि उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले शुरु गरेको उक्त कार्यक्रम मार्फत जम्मा हुने रकमलाई उद्योग क्षेत्रको विकासमा लगानी गर्ने आग्रह गरेकी छिन् । उक्त योजनाले सम्पुर्ण नेपालीहरुको जिवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा सम्वन्धित निकायले सोको कार्यन्यवनमा विषेश ध्यान दिनु पर्ने अध्यक्ष राणाले बताईन् । आर्थिक समृद्धिको आधार भनेको नै श्रमिक सुरक्षा भएको हुँदा सामाजिक सुरक्षा योजनाले आर्थिक समृद्धि हुने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कम्लेस अग्रवालले बताएका छन् । उपाध्यक्ष अग्रवालले उक्त योजनाको कार्यन्यवन तथा कुसल व्यवस्थापन भने जटिल रहेको विचार व्यक्त गरेका छन् । त्यस्तै उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा काम गरिखाने बातावरणको सृजना सरकारले गर्दै आगामी १० बर्षमा नेपाली श्रमिकहरुको स्तर माथिल्लो पदका कर्मचारीहरु सो सरह बनाउने पर्ने र नेपालमा नै श्रम गर्ने वातावरणको सृजना गर्नु पर्ने आवश्यकता औलाएका छन् ।

कार्यक्रममा विभिन्न ट्रेड युनियनका पधाधिकारीहरुले सामाजिक सुरक्षा कोषले श्रमिक र रोजगारदाताहरुलाई अत्याधिक फाईदा पुन्ने बताउदैँ कोष आगामी १० बर्षमा देशको सबै भन्दा ठुलो कोषको रुपमा स्थापित हुने दाबी गरेका छन् ।

सरकारले कार्यक्रम घोषणा भएको आजको दिन र्मसिर ११ गतेलाई हरेक बर्ष सामाजिक सुरक्षा दिवशको रुपमा मनाउने घोषण गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा ५ वटा बुदाका योजनाहरु ल्याईएको छ । योजना अन्तर्गत श्रमिक तथा कर्मचारीहरुको तलबबाट ११ प्रतिशत र रोजगारदाताहरुले थप २० प्रतिशत गरि ३१ प्रतिशत बराबरको रकम मासिक रुपमा कोषमा जम्मा गर्नु पर्ने छ । योजना अन्तर्गत औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवारको सुरक्षाको सुविधा र वृद्धावस्था सुरक्षाको सुविधा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x