Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट खर्च गर्न सकेनन् प्रदेश सरकार

बजेट खर्च गर्न सकेनन् प्रदेश सरकार

काठमाडौं १२ मंसिर । प्रदेश सरकारहरुले चालु आर्थिक बर्षको चौमासिक अवधिमा बजेटको परिचालन कमजोर देखिएको छ । कर्मचारीको अभाव र बजेट परिचालका संयन्त्रको विकास गर्न नसक्दा प्रदेश सरकारले बजेट परिचालन कमजोर बनेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा चालू आर्थिक वर्ष २०७५÷७६ मा विनियोजित बजेटमध्ये प्रथम चौमासिक अवधिमा १ दशमलब ६ प्रतिशत खर्च भएको छ । कूल खर्चमध्ये पूँजीगततर्फ रु दुई करोड नौ लाख (० दशमलब १८ प्रतिशत) र चालूतर्फ रु ३९ करोड ५३ लाख (२ दशमलब ९६ प्रतिशत) रहेको छ ।

प्रदेश सरकारको चालू आवमा कूल विनियोजित बजेट रु २५ अर्ब ६ करोड ५६ लाख रहेको छ । योमध्ये चालूतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख र पूँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख विनियोजन गरिएकोे छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले चालू आवमा राजश्व सङ्कलनको कूल लक्ष्य रु एक अर्ब २९ करोड ६५ लाख राखिएकामा प्रथम चौमासिक अवधिमा रु २१ करोड ३१ लाख सङ्कलन भएको जानकारी दिनुभयो । सङ्कलित राजश्वमध्ये घरजग्गा रजिस्ट्रेशनतर्फ रु १० करोड ३४ लाख, सवारी साधन करतर्फ रु नौ करोड ९३ लाख र दण्ड जरिवानातर्फ रु एक करोड तीन लाख राजश्व सङ्कलन भएको जनाइएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x