Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महिनाको दुई दिन अनिवार्य श्रमदान गर्नुपर्ने गाउँपालिकाको नियम !

महिनाको दुई दिन अनिवार्य श्रमदान गर्नुपर्ने गाउँपालिकाको नियम !

बाजुरा, १३ मंसिर ।  गौमुल गाउँपालिकाले महीनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम बनाएकव् छ । गाउँपालिकाले अनिवार्य हुनेगरी नियम बनाएसँगै अब उक्त गाउँपालिकामा रहेका दुई हजार बढी परिवारले अनिवार्य रूपमा महीनाको दुई दिन गाउँपालिकाको काम निःशुल्क गर्नुपर्ने भएको छ । गाउँपालिकाका,सङ्घीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि दुई दिन अनिवार्य काम गर्नुपर्ने प्रावधान गाउँकार्यपालिकाको २२ औँ बैठकबाट निर्णय गरिएको हो ।

देश निर्माण र समृद्धिको अभियान आफैँबाट शुरुआत गर्ने उद्देश्यसहित प्रत्येक परिवारलाई उक्त गाउँपालिकाको विकासमा लगानी गर्न देशका लागि दुई दिन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताए । राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले शुरुआत स्वरुप कार्यक्रम यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिए । लगानी र अनुदानमा बनिरहेका संरचनामा मात्र नभई, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ आदि कार्यलाइ पनिश्रम दान मानिने नीतिमा उल्लेख छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x