Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता

काठमाडौं, १४ मंसिर । नेपालले कम्बोडियासँग पहिलोपटक हवाई सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले दुईपक्षीय हवाई सम्झौतामा हस्ताक्षर गरे ।

अब कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४–१४ पटक सीधा हवाई उडान भर्न सक्नेछन् । कम्बोडियामा अहिलेसम्म नेपालबाट सीधा हवाई उडान सेवा सुरु भएको छैन । अब नेपाल एयरलाइन्सलाई पनि कम्बोडियामा गन्तब्य विस्तार गर्ने बाटो खुलेको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बौद्ध धर्मालम्बी र पर्यटकलाई यसले सोझो फाइदा पुग्ने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x