Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेयरमा पहिरो, पुजी बजार सुधार र विस्तारकालागि अनशन बस्दै !

शेयरमा पहिरो, पुजी बजार सुधार र विस्तारकालागि अनशन बस्दै !

काठमाडौं,२० मंसिर । शेयरमा लगातार गिरावाट आएपछि लगानीकर्ता दबाब समूहले पुजी बजार सुधार र विस्तारका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दे अनशन बस्ने भएका छन्  ।

पूँजी बजार सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्न नसकेको माग वेवास्ता गरेको भन्दै अर्थमन्त्री डा. खतिवडाको राजीनामाको मुख्य माग सहित यही मंसिर २३ गते रिले अनशन बस्ने प्रेस विज्ञाप्ति मार्फत जानकारी गराइएको छ

शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी सहितका ६ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्थमन्त्रीको राजीनामाको माग सहित अनशन बस्ने कुरा उल्लेख गरिएको छ ।

अनशन नेपाल स्टक एक्सचेन्जको कार्यालयमा मंसिर २३ गते बिहान १० बजेदेखि रिले अनशन बस्ने विज्ञप्तिमा जानाकरी गराइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x