Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेलम्चीको पानीबारे खानेपानी सचिवले ढाँटे, आयोजना प्रमुख भन्छन्– ‘तीन महिना अघि पानी काठमाडौं झार्न गाह्रो छ’

मेलम्चीको पानीबारे खानेपानी सचिवले ढाँटे, आयोजना प्रमुख भन्छन्– ‘तीन महिना अघि पानी काठमाडौं झार्न गाह्रो छ’

दिलु कार्की

काठमाडौं, २० मंसिर । काठमाडौंमा मेलम्चीको पानी आउछ, आउछ भनेको वषौ भइसक्यो । सरकार परिवर्तन भएसँगै खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने हरेक मन्त्रीले काठमाडौंमा मेलम्चीको पानी आउने फरक फरक भाका दिने गर्छन । तर अझै मेलम्चीको पानी काठमाडौंबासीले कहिले पिउन पाउछन् टुंगो छैन ।

पछिल्लो समय मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएकी विना मगरले गएको दशै अगाडी नै मेलम्चीको पानी काठमाण्डौबासीको धारामा झार्ने बाचा गरेकी थिइन । मन्त्री मगरको दिएको भाका नाघेको पनि २ महिना भइसक्यो तर खानेपानी काठमाडौंबासीको धारामा आएको छैन ।
पछिल्लो समय खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा अबको २ महिनामा मेलम्चीको पानी सुन्दरी जलमा ल्याउने बाचा गरे । उनले बैठकमा सम्पुर्ण प्रविधिक कामहरु सकेर ६० दिनमा नै पानी टनेल हुदैं सुन्दरीजल झार्ने बताए । तर उनको प्रतिबद्धता पनि झुटो नै साबित हुने देखिएको छ ।

मेलम्चीको पानी सुन्दरीजल सम्म पुर्णरुपमा ल्याउन अझै कम्तीमा ३ महिना लाग्ने मेलम्ची खानेपानी विकास आयोजनाका प्रमुख सुर्यराज कँडेलले बताए । सचिव ठाकुरले समितिमा उक्त प्रतिवद्धता जनाउदा उनी पनि सँगै थिए ।

अर्थको अर्थसँग उनले भने– ‘सचिवज्युले भने जस्तै २ महिनामा प्रविधिक काम त सकिन्छ तर फिनिसिन्ङ्गको काम सक्न थप १ महिना लाग्छ । नयाँ संरचनाहरुको पुर्ण रुपमा फिनिसिङ्ग भएको छैन । एउटा थप ड्याम बन्न पनि बाँकी छ । अहिलेकै गतिमा काम भएमा २ महिना भित्रमा मात्र प्रविधिक कामहरु सक्न सकिन्छ अन्यथा केही बाधा अबरोधहरु भएमा तोकिएको समयमा कामै सक्न गाह्रे हुन्छ । ’

अहिले सुरुङ्ग खान्ने काम सकिएको भएता पनि त्यस भित्रको फिनिसिङ्गको काम, पानीलाई सुरुङ्ग तिर ल्याउने, बाध बनाउने लगायतका अन्य धेरै कामहरु बाँकी रहेको उनले जानकारी दिए । अहिले सुरुङ्ग मार्ग सरर्फेस फिनिसिङ्ग, सतहमा लाइनिङ्ग, सुरुङ्ग मार्गको भेन्टीलेसन छेड्ने, पाईप टाल्ने र जडान गर्ने, उपकरणहरु जडान, गेटहरु राख्ने र अडिट टनेलहरु थुन्ने लगायत भित्रि प्रविधिक कामहरु भइरहेको कँडेलले बताए ।

मेलम्चीको पानी सुन्दरीजल सम्म झरेपनि त्यहाँको खानेपानी काठमाडौंबासीलाई वितरण गर्न मन्त्री र सचिवले भने जस्तो सहज छैन । काठमाडौंमा बिच्छायाईएको खानेपानीका पाईपहरु सफा गर्न नै अझ समय लाग्छ । साथै बिचमा प्रविधिक समस्या आएमा त्यो समय झनै लम्बिन जाने निश्चित छ ।

मेलम्ची खानेपानी आयोजना २००१ मा ३१ अर्ब ७० करोडको अनुमानित लागतमा सुरु भएको हो । १८ बर्षमा ९५ प्रतिशत काम सम्पन्न हुँदा अबको ५ प्रतिशत काम ५७ दिन पुरा गर्ने आयोजना कत्तिको सक्षम हुन्छ त्यो हेर्न बाकी नै छ । ९५ प्रतिशत काम सम्पन्न गर्नेका लागि आयोजनाले २६ अर्ब रुपैयाँ खर्च गरेको छ । बाकी ५ प्रतिशत कामको लागि ३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान आयोजनाको छ । पुर्व अनुमानित लागत भन्दा २ अर्ब ७० करोड रुपैयाँ कममा आयोजनाले काम सम्पन्न गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x