Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकले १० अर्व १५ करोड निक्षेप राख्ने

राष्ट्र बैंकले १० अर्व १५ करोड निक्षेप राख्ने

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले आफ्नो बिभिन्न कोषहरुमा जम्मा रहेको रकम बैंक तथा वित्तिय संस्थाहरुमा राख्ने भएको छ । बैंकिङ्ग क्षेत्रमा लगानी योग्य रकमको अभाव भइरहेको बेला राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ मुद्धती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकले उक्त रकम पुस १ गते देखी २०७६ मंसिर मसान्त सम्मका लागि ३ सय ६६ दिने मुद्धती निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरि बैंकिङ्ग क्षेत्रमा लगानी गर्ने बिहिबार सुचना जारी गरेको छ । राष्ट्र बैंकका अनुसार क वर्गका वाणिज्य बैंकहरुले ८ अर्ब १२ करोड ६९ लाख, ख वर्गका राष्ट्रिस्तरका विकास बैंकहरुले १ अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुले ५० करोड ७९ लाख रुपैयाँ सम्म रकम जम्मा गर्ने छ ।

यसका लागि निक्षेप लिन चाहेको रकम र त्यसका लागि प्रस्ताव गरेको ब्याजदर खुलाएर राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउ पत्र वित्त व्यवस्थापन विभागमा पेश गर्न पर्नेछ । साथै इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी आइतार अपहरान्ह ३ बजेभित्र शिलबन्दी दरभाउ पत्र पेश गर्नु पर्नेछ ।

राष्ट्र बैंकले तोकिएको रकम लिनका लागी बैंक तथा वित्तिय संस्थाहरुलाई केही शर्तसमेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको, खुद तरल सम्पती विदेशी निक्षेपको कम्तिमा २०५ वा सो भन्दा बढी हुनपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने लगायत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x