Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सान्जेनको सर्वसाधारण र आयोजना प्रभावितका लागि सह निस्काशन कर्ता सम्झौता

सान्जेनको सर्वसाधारण र आयोजना प्रभावितका लागि सह निस्काशन कर्ता सम्झौता

काठमाडौं, २० मंसिर । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ ।

विहीबार कोषमा भएको सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सन्राईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयरको लागि सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई कोषको जिम्मेवारीमा सह–निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता गरिएको छ ।

उक्त सम्झौता भएको कार्यक्रममा कोषका मुख्य व्यवस्थापक सुशील कुमार अर्याल, का.मु व्यवस्थापक शोभा श्रेष्ठ, उपव्यवस्थापक श्री सुमन पौडेल र पुँजी बजार शाखा प्रमुख श्री रोशन जंग कार्की तथा सह निस्कासन कम्पनी सनराइज क्यापिटलको तर्फबाट श्री विजेन्द्र न्हुच्छे प्रधान एबं एनएमबि क्यापिटलबाट कमल प्रसाद नेपाल सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x