Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बजार निर्मातालाई पूँजी बजारमा सक्रिय बनाउन धितोपत्र बोर्डले सहजीकरण गर्ने

बजार निर्मातालाई पूँजी बजारमा सक्रिय बनाउन धितोपत्र बोर्डले सहजीकरण गर्ने

काठमाडौं,२० मंसिर । नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई गतिशील बनाउन बजार निर्मातालाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने भएको छ ।

बोर्डले आज विज्ञप्ति जारी गर्दै बजार निर्मातालाई प्रवेश गराउन आवश्यक तयारी भइरहेको उल्लेख गरेको छ । बोर्डको चालू आर्थिक वर्षकोे नीति तथा कार्यक्रममा समेत धितोपत्रको खरीद तथा बिक्री दुवै मूल्य अङ्कित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरीद तथा बिक्री गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । सोहीअनुसार बजार निर्माता वा डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोवार गर्न तथा धितोपत्रको प्रत्याभूतसमेत गर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बजारमा बजार निर्माता÷डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग पुग्ने बोर्डको विश्वास लिएकोछ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले अनलाइन कारोवार प्रणाली शुरु गरिसकेकाले धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन लागिएको बोर्डले जनाएको छ ।#

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x