Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राजनीतिक र व्यापारीक दबावमा नपर्न पत्रकारहरुलाई अर्थमन्त्रीको सुझाव

राजनीतिक र व्यापारीक दबावमा नपर्न पत्रकारहरुलाई अर्थमन्त्रीको सुझाव

काठमाडौं, २१ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजनीतिक र व्यापारी दबाव तथा प्रलोभनमा नपरि स्वतन्त्र रुपमा कलम चलाउन पत्रकारहरुलाई सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ –नाफिज) को चौंथो महासभामा मन्त्री खतिवडाले यस्तो बताएका हुन ।

प्रेस स्वतन्त्रता र श्रमजीवि प्रत्रकारहरुको समस्यामा सरकारले सक्दो सहगोग गर्ने पनि उनले बताए । अर्थमन्त्री खतिवडाले नेपाली संचार क्षेत्र पछिल्लो समय जवाफदेही नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन सम्पुर्ण संचारकर्मीहरुलाई आग्रह गरे ।

त्यस्तै नेपाल प्रत्रकार संघका महासचिव रमेश बिष्टले नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो समय धेरै संचार मध्यमहरु स्थापना भएको हुँदा स्वच्छ पत्रकारिता भन्दा व्यवसायीमुखी पत्रकारिता मौलाएको बताए । उनले आवश्यकता भन्दा धेरै मिडियाहरु भएको हुँदा अब छिटै केही मिडियाहरु बन्द गरिने पनि बताए ।

सो कार्यक्रममा आर्थिक पत्रकारहरु तथा नीजि क्षेत्रका उद्योगी, व्यवसायीहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x