Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हङकङमा गैरआवासीय नेपाली संघको छैठौ सम्मेलन हुदै

हङकङमा गैरआवासीय नेपाली संघको छैठौ सम्मेलन हुदै

काठमाडौं, २१ मंसिर । एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले यही डिसेम्बर ८ र ९ मा हङकङमा गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको छैठौ“ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन आयोजना हु“ने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानइएको छ ।

सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहनेछ । विशेष गरेर नेपालमा लगानी प्रवद्र्धनका विषयमा हामी बृहत छलफल गर्नेछौ“ । यसपटक ठूला–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाहरुबारे विशेष छलफल गरिनेछ । यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिनेछ । साथै क्षेत्रीय सम्मेलनस“गै प्रथम महिला सम्मेलन पनि हुने भएकाले एसियाली क्षेत्रमा बस्ने नेपाली महिलाका विषयमा पनि गहन छलफल गरिनेछ । विशेषतः महिलामाथिको हिंसा, यौन दुव्यवहार लगायतका विषयलाई प्रमुख एजेन्डा बनाई, त्यसका लागि एनआरएनको भुमिका कस्तो रहनुपर्ला भन्ने बारेमा छलफल गरि त्यसको निष्कर्षको आधारमा सरकारको ध्यानाकर्षण गराउने हाम्रो तयारी छ ।

हङकङमा हुने सम्मेलनको लागि नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख अतिथि रहने छन् सम्मेलनमा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरू सहित करीब ३ सय ५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x