Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पछिल्लो घटनाक्रमले बैंकिङ क्षेत्र परिपक्क भइसकेको छैन भन्ने देखायो

पछिल्लो घटनाक्रमले बैंकिङ क्षेत्र परिपक्क भइसकेको छैन भन्ने देखायो

डा. रामशरण खरेल

बैंक तथा वित्तिय संस्थाको ब्याजदर बढ्नुको दुईवटा मुख्य कारणहरु छन् । पहिलो नियमनकारी निकायले बैंक तथा वित्तिय संस्थाको कर्जा र निक्षेपको अवस्थालाई समयमै मनिटरिङ गर्न नसकेकाले उनीहरुको कर्जामा बढी चाप पर्न गयो । र, सोही अनुसार उनीहरुले ब्याजदर बढाउन थाले । दोस्रो भनेको हामीले आर्थिक उदारिकणको अभ्यास गरेको तीन दशक भन्दा बढी भइसक्यो । तर पनि बैंकिङ क्षेत्र अझै परिपक्क हुन सकेन भन्ने अहिलेको बजारको घटनाक्रमले देखायो ।

बैंकहरुको पछिल्लो २, ३ महिनाको अवधीलाई हेर्दा निक्षेप संकलन भन्दा कर्जा प्रवाह दोब्बर छ । निक्षेप भन्दा कर्जा विस्तार दोब्बर भएपछि सिसिडि रेसियो नाध्न थाल्यो । त्यसपछि उहाँहरु आत्तिन थाल्नुभयो । बढी कर्जा लगानी गर्ने र बढी नाफा कमाउने बैंकर्सहरुको उद्धेश्य भयो । तर हाम्रो वित्तिय क्षेत्रको अवस्था के हो, कति रिसोरसेर्स आवश्यक छ, ब्याजदर कत्ति उपयूक्त हो भन्ने परिपक्कता देखाउनुपर्ने थियो । त्यो देखिएन । त्यसैको परिणमा हो अहिलेको स्थिती ।

हाम्रो खुला बजार अर्थतन्त्र भएको कारण हामीले छिमेकी मुलुक भारतको पनि उदाहरण हेर्न सक्छौं । भारतमा निक्षेपको ब्याजदर साढे सात, आठ प्रतिशत छ । हामी कहाँ इन्फेइसन त्यो भन्दा थोरै छ । त्यसले निक्षेपको ब्याजदर सिंगल डिजिजमा हुनुपर्छ भन्ने हाम्रो आकलन हो ।
ब्याजदर बढ्दा प्रोडक्टीभ सेक्टरको लेन्डिङमा अलि असर पर्छ । त्यो धेरै प्रतिस्पर्धी हुन सक्दैन । अर्को सरकारले सहुलियतपूर्ण कर्जाको कार्यक्रम पनि ल्याएको छ । त्यो कर्जाले विपन्न गरिवहरुलाई रोजगारी सृजनासँगै उत्पादन बढाउने हो । त्यसमा पनि कर्जाको ब्याजदर महंगो हुन थाल्छ । ब्यापार पनि भायवल हुदैन । निश्चित दायरा भन्दा माथिको ब्याजदर भयो भने अर्थतन्त्रलाई सकारात्मक दिशामा लान सकिन्न ।
केही दिन अघि सरकारले ब्याजदर र सेयर बजारको अवस्थालाई सुक्ष्मसँग अध्ययन गर्न सात दिनको समय सहित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा समिति गठन गरेको छ । सरकारले पनि छिटै उच्च स्तरीय वित्तिय संयन्त्रको बैठक डाँकेर विस्तृत रुपमा छलफल गर्ने तयारी गरेको छ ।

ब्याजदरबारे सरकारले निर्णय गर्ने भन्दा पनि बैंकिङ क्षेत्र आफैले स्थिती बुझेर बजारको आवश्यकता अनुसार निर्णय गर्नुपर्छ । त्यसो भन्दैमा सरकार र नियमनकारी निकाय फेरी चुप लागेर भने बस्दैन । सोही अनुसार नै हामीले समिति गठन गरेका हौं । उक्त समितिको प्रतिवेदनका आधारमा अघि बढ्छौं ।

(अर्थमन्त्रालयका आर्थिक सल्लाहकार खरेलसँग गरिएको कुराकानीमा आधारित )

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x