Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिएमसीको धरौटी जफत नगर्न उच्च अदालतको आदेश

सिएमसीको धरौटी जफत नगर्न उच्च अदालतको आदेश

काठमाडौं, ६ पुस । मेलम्ची खानेपानीको सुरुङ खन्ने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसीको धरौटी जफत नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ  ।शुक्रबार उच्च अदालत पाटकमा मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशले धरौटी जफत नगर्न अल्पकालीन आदेश दिएको हो ।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाइएको छ । ‘दुवै पक्षको बयान आएपछि मात्रै अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे निर्णय हुनेछ । अहिले दिएको अल्पकालीन आदेश हो, अन्तरिम आदेश होइन,’ रजिष्ट्रार दाहालले बताए ।

यसअघि काम सम्पन्न नगरी ठेकेदार क्रम्पनी भाग्न खोजेपछि सरकारले सिएमसीका केही कर्मचारीलाई पक्राउ गरी धरौटी जफत गर्ने निर्णय गरेको थियो ।सरकारले धरौटी जफत गर्ने निर्णय गरेलगत्तै सिएमसीका तर्फबाट उच्च अदालत पाटनमा सरकारको निर्णयविरुद्ध निषेधाज्ञाको आदेश माग्दै रिट परेको थियो ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x