Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

श्रम स्वीकृतिक लिनेको संख्या घटेपनि रेमिट्यान्स भने बढ्दो

श्रम स्वीकृतिक लिनेको संख्या घटेपनि रेमिट्यान्स भने बढ्दो

काठमाडौं, १० पुस । पछिल्लो चार महिनामा श्रम स्वीकृतिक लिइ बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यान्स भने बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो चौमासिक प्रतिवेदन अनुशर यो चार महिनामा  रेमिट्यान्स ३६ दशमलव ४ प्रतिशतले बढेर ३ खर्ब १२ अर्ब २६ करोड रकम मुलुक भित्रिएको छ  ।  रेमिट्यान्स आय २३.१ प्रतिशतले बढेको छ ।

प्रतिवेदन अनुशार चालु आर्थिक बर्षको पहिलो ४ महिनामा मुलुकको शोधानान्तर घाटा ५७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा २ अर्ब ४० करोडले शोधानान्तर बचतमा रहेको थियो । कात्तिक महिनामा मात्र २१ अर्ब ९१ करोड रुपैयाँले शोधानान्तर घाटा बढेको प्रतिवेदनले देखाएको छ ।

यस्तै, पेट्रोलियम पदार्थ, हवाइजहाज तथा अन्त्य मेशिनरी उपकरणको आयात बढेसँगै कात्तिक मसान्तसम्म ३७ दशमलव ८ प्रतिशतले बढेर मुलकको व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । भारत लगायतका तेस्रो मुलुकबाट ४ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ बराबरका वस्तु आयात हुँदा मुलुकबाट भने जम्मा २९ अर्ब २८ करोडको निर्यात भएको छ । यद्यपी, कुल वस्तु निर्यात ११ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।  समीक्षा अवधिमा चालु खाता घाटा ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३९ अर्ब ६६ करोडले बढी हो ।

खाद्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडाको मुल्यवृद्धि हुँदा कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको समिक्षा अवधिमा यस्तो मृल्यवृद्धि ३ दशमलव ९ प्रतिशत थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x