Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि सुरु

आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि सुरु

काठमाडौं, १८ मंसिर । आँउदो २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका लागि आज अन्तिम दिन हो । राजनीतिक दल र तिनका उम्मेदवारले आज मध्यरात १२ बजेसम्म प्रचार गर्न पाउने छन् ।

मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न पाइने छैन । त्यस्तै निर्वाचन आयोगले पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न आयोगले सबैलाई सचेत गराएको छ ।

४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् ।

यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x