Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

‘खल्ती’ र ‘फुडमान्डु’ बीच रणनीतिक साझेदारीको घोषणा

काठमाडौं, १२ पुस । मोबाईल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । कार्यक्रममा अमित अग्रवालले यस साझेदारी सँगै अनलाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्ने बताए ।

फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्नेछन् ।साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्ती मार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५% क्यासब्याक प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x