Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ट्राफिक कारवाहीमा मापासे गर्ने बढी, १२ करोड राजश्व सङ्कलन

ट्राफिक कारवाहीमा मापासे गर्ने बढी, १२ करोड राजश्व सङ्कलन

काठमाडौं, १५ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महीनामा ट्राफिक कारवाहीमा पर्नेमा सवै भन्दा बढी मादक पदार्थ सेवन गरि सवारी चालउनेहरु परेका छन् ।

महाशाखाका अनुशार चालु आर्थिक वर्षमा मापसे सेवन गरी सवारी चलाउने १३ हजार ९६५ सवारी साधनलाई कारवाही गरिएको छ । यस्तै लेन अनुसाशन पालन नगर्ने १३ हजार ८०३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार १८१, बढी भाडा लिने चार हजार १३६ बढीलाइ कारर्वाही गरिएको छ । कारवाहीबाट महाशाखाले  गएको पाँच महीनामा रु १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ ।

महाशाखाले एक लाख ८५ हजार ४३६ सवारी साधन कारवाही गरेबापत उक्त रकम सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७४/७६ मा रु २९ करोड ३१ लाख ४५ हजार, आव २०७३/७४ मा रु ३५ करोड ६० लाख ६७ हजार राजश्व सङ्कलन भएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम सङ्कलन भएको बताए ।

महाशाखाले विसं २०६८ मङ्सिर १७ देखि मापसे कारवाही चलाएकोमा हालसम्म दुई लाख ८६ हजार ९२२ सवारी चालकलाई कारवाही गरेको छ । जसमा दुई लाख ८६ हजार ९२२ पुरुष र एक हजार ६०२ महिला रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x