Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तीन अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

तीन अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

 काठमाडौं,१६ पुस । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ। राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज जारी गर्दैछ। राष्ट्र बैंकले सरकारलाई आवश्‍यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्न लागेको हो । आज खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ। सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x