Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कार्यान्वयन् भएन फुटपाथ पसल हटाउने महानगरपालिको निर्णय

कार्यान्वयन् भएन फुटपाथ पसल हटाउने महानगरपालिको निर्णय

दिलु कार्की- काठमाडौं, १६ पुस । फुटपाथका पसल हटाउने महानागरपालिको निर्णय कार्यान्वयन नहुँदा काठमाडौंका सडकमा पैदल यात्रुका लागि फुटपाथ यात्रा कठिन बन्दै गएको छ । काठमाडौंको अधिकांश ठाउँमा फुटपाथ पसल संचालन हुँदै आएका छन् ।  फुटपाथमा पसल राखेर व्यापार गर्दा पैदल यात्रुहरु सडकबाटै हिंंड्नुपर्ने बाध्यता बनेको छ । यसले गर्दा समय समयमा दुर्घटना बढाएको छ भने ट्राफिक जामलाई पनि बढाइरहेको छ ।

जाडो यामको शुरू भएसँगै फुटपाथमा न्याना कपडा किन्नेहरूको भीड लाग्न थालेको छ । काठमाडौंका सुन्धारा, रत्नपार्क, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल लगायतका स्थानमा बेलुकीपख कपडा किन्नेहरूको भीड शुरू भइसकेको छ । काठमाडौँमा जाडो बढ्दै जाँदा ज्याकेट, स्वेटर, ट्राउजर, गलबन्दी, हाइनेक, मोजा, पञ्जा, ऊनीका टोपीलगायतका सामानहरूको विक्री पनि बढ्ने गर्दछ । सस्तोमा हरेक सामान फुटपातमा नै पाईने हुँदा रत्नपार्क तथा अन्य फुटपाथमा साँझको समयमा सामान किन्ने गरेको ग्राहकहरुले बताए । महल तथा सपिङ्ग सेन्टरको तुलनामा फुटपाथका कपडाहरू सस्तो हुने भएकाले न्यून आय भएका उपभोक्ताहरू फुटपाथका कपडा किन्न नै सजिलो भएको उनीहरु बताउँछन् । महानगरका अनुशार हाल ३२ हजार
फुटपाथ पसल संचालनमा रहेका छन् ।

सामान किन्न मध्यम वर्गिय मानिसहरुलाई फुटपाटको बजारले सजिलो त गरिदिएको छ तर साँझको समयमा सवारी गुड्ने र मान्छे हिड्ने बाटोमा पसलहरु राखने हुँदा पैदल यात्रुलाई गाह्रो र ट्राफिक जाम पनि बढेको छ । करिब ३ महिना अगाडीबाट नै काठमाडौं महानगरपालिकाले बिहान तथा दिउँसोको समयमा पैदल यात्रुको चाँप बढी हुँदै जाने र बेलुका पख विस्तारै चाँप घट्दै जाने हुनाले बेलुका ८ बजेपछि मात्र फुटपाथमा पसल राख्ने भन्ने नीति जारी गरेको थियो । महानगरले यस्तो निर्णय गरे पनि दिउँसोको समयमा फुटपाथमा पसल राख्न भने रोकिएको छैन । बेलाबखतमा महानगरपालिकले फुटपातका व्यापारीहरुको सामान जफत गरिदिने पनि गरेको छ । तर नियमित रुपमा फुटपातको व्यापार हटाउन महानगर अशक्षम भएको प्रष्ट देखिन्छ । काठमाडौंको फुटपात खाली गर्न महानगरलाई धेरै गाह्रो भएको महानगर पालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । उनी भन्छन् आज सम्म सम्झाउने काम मात्र गरेका थियौं र सामान समान जफत गरे पनि फिर्ता दिने गरेका छौं, तर अब भने जफत गरिएको सामान फिर्ता गर्दनौं । यसका साथै विकल्पका लागि महानगरपालिकाले सडक विभाग, ट्राफिक प्रहरी, सुरक्षाकर्मी लगायतसँग छलफल गरी उनीहरुको सहयोगमा फुटपाथका व्यापार पुर्णरुपमा हटाउने र त्यस्ता पसललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्ने वातावरण ल्याउने उनले बताए । हाल महानगर र ट्राफिक प्रहरीको सम्वन्यमा ट्राफिक जाम नियन्त्रणका लागी पिक अप ड्राप्प प्रणाली लागु गरिएको छ । तर त्यसमा पनि नागरिकहरुले पुर्ण रुपमा भने सहमति जनाउन सकेको छैनन् ।

फुटपाथको व्यापार मात्र नभएर फुटपाथमै गरिने जथाभावी पार्किङ पनि पैदल यात्रुका लागि बाधक बनिरहेको छ । यस अघि नै पार्किङ व्यवस्थित गर्ने र त्यसबाट महानगरपालिकाले करिब २ करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो तर योजना कार्यान्वयन भने हुन सकेको छैन । सरकारले सडक विस्तार गर्दा फुटपाथलाई ध्यान नदिएको देखिएको छ । यस्ता सडक सवारी गुड्नका लागि मात्र नभएर पैदल यात्रु, साइकल, रिक्सा, ह्वील चियरलगायतको पनि भएकाले सरकारले त्यसलाई ख्याल गर्नुपथ्र्यो । हाल सम्म त्यसो भएको छैन ।

काठमाडौंमा निर्माण सम्पन्न भयो भनेर छाडिएका अधिकांश सडकमा फुटपाथ नै छैनन् । भएका पनि अत्यन्तै साँघुरा छन् । सडक निर्माण गर्दा सवारीलाई जत्तिकै पैदल यात्रुलाई पनि प्राथमिकता दिएर निर्माण गनुपर्ने हुन्छ । त्यस्तै शारीरिक रुपमा पुर्ण अक्षम व्यक्तिहरका लागि पनि उत्तिकै प्राथमिकता दिनु आवश्यक हुन्छ । तर अहिले बनिरहेका र बनिसकेका सडकको अस्वस्था हर्ने हो भने पैदल यात्रुका लागि वास्ता गरिएको देखिंदैन । हाल काठमाडौं उपत्यकामा करिब १५ लाखको हाराहारीमा सवारी साधन गुड्ने गर्दछन् जसमध्ये करिब ९ लाखको हाराहारीमा मोटरसाइकल रहेका छन् भने बाँकी सार्वजनिक तथा निजी सवारी साधन रहेका छन् । काठमाडौं हालको जनसंख्यालाई हेर्दा यो सवारी साधनको चाप अधिक मानिएको छ । सवारीको चाँप थेग्न सक्नेगरी सडक विस्तारसमेत काठमाडौंमा हुन सकेको छैन । सडक निर्माण तथा मर्मत समयमा हुन नसक्नु, आकाशे पुल नहुनु, अव्यवस्थित पार्किङ, सार्वजनिक यातायात तथा ट्याक्सीहरु रोक्नका लागि निश्चित ठाउँ नहुनुलगायतका कारण अहिले काठमाडौंको सवारी व्यवस्थापनमा अस्तव्यस्तता देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x