Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शेयर बजारमा अझै हकप्रद शेयरको ओहिरो लाग्ने

शेयर बजारमा अझै हकप्रद शेयरको ओहिरो लाग्ने

काठमाडौं, १८ मंसिर । यो वर्ष शेयर बजारमा शेयरहरुको आपुर्ति झनै बढ्ने भएको छ । शेयर बजारमा सुचिकृत १९ कम्पनीहरुले हकप्रद शेयर जारीका लागि नेपाल धितोपत्र बोर्डमा स्विकृतिका लागि आवदेन दिएका छन् । धितोपत्र बोर्डले स्विकृति दिए पछि १२ अर्ब ५ करोड ८० लाख ६२ हजार ५२७ रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुनेछन् । यससंगै धितोपत्र बोर्डले हकप्रद शेयर निष्कासनको लागि केहि कम्पनीहरुलाई हालै स्विकृति दिएको छ । हकप्रद शेयर निष्कासनको लागि स्विकृति पाए पनि यी कम्पनीहरुले हकप्रद शेयर भने बिक्री गरिसकेका छैनन् ।

यी १९ कम्पनीहरु मध्ये २ वाणिज्य बैंक, ४ विकास बैंक, ३ वित्त कम्पनी, ६ वीमा कम्पनी, १ जलविद्युत कम्पनी, २ लघुवित्त र एक उत्पादन कम्पनीहरु हुन् । यी कम्पनीहरुको हकप्रद शेयरहरु प्रति शेयर एक सय रुपैयाँमा बिक्री खुल्ला गरिने छ । धितोपत्र बोर्डका अनुसार यी कम्पनीहरुको हकप्रद शेयर जारीका लागि अध्ययन भईरहेको छ । हकप्रद शेयर जारीका लागि कम्पनीहरुले धितोपत्र बोर्डबाट अन्तिम स्विकृति पाउन आवश्यक हुन्छ । हकप्रद शेयर निष्कासनका लागि केहि कम्पनीहरुले इक्क्रा नेपालबाट क्रेडिट रेटिङ पाएका छन् भने केहि कम्पनीहरु क्रेडिट रेटिङको पर्खाईमा रहेका छन् ।

नियमन निकायहरु नेपाल राष्ट्र बैंक र वीमा समितिले बैंक तथा वित्तीय संस्थाहरु र वीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन जारी गरेपछि बैक तथा वित्तीय संस्थाहरु र वीमा कम्पनीहरुले हकप्रद शेयर जारी गरेका हुन् । सोहि कारण धितोपत्र बोर्डमा कम्पनीहरुले हकप्रद शेयर जारीका लागि आवेदन दिएको बताइएको छ ।

हकप्रद शेयर जारी पछि शेयर बजारको पुँजीकरणमा वृद्धि हुने देखिन्छ । हकप्रद शेयर जारीले शेयर बजारमा शेयरको आपुर्तिलाई वृद्धि गर्दछ । तर अहिले शेयरको आपुर्ति बढे अनुसार लगानीकर्ताहरुको संख्यामा वृद्धि हुन भने सकेको छैन । शेयरको आपुर्तिमा आएको वृद्धि अनुसार शेयर बजारको विस्तार हुन सकेको छैन । यता शेयर बजारको विस्तारका लागि नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबार संचालन गर्ने भएको छ । एक्सचेन्जले गत कार्तिक २१ गतेबाट अनलाइन कारोबार संचालनमा ल्याउने भनिएता पनि प्राविधिक कारणले अनलाइन कारोबार शुरु हुन नसकेको बताएको छ । नेप्सेले आगामी वर्षको जेठ महिना भित्र अनलाइन कारोबार संचालनमा ल्याउने तयारी भएको जनाएको छ । अनलाइन कारोबारले शेयर बजारको विस्तार हुन गई लगानीकर्ताहरुको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x