Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन् २०१८ मा पर्यटक आगमन २५ प्रतिशतले बढ्यो

सन् २०१८ मा पर्यटक आगमन २५ प्रतिशतले बढ्यो

काठमाडौं, २५ पुस । सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा २५ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपालको भ्रमण गरे ।

सन् २०१७ मा ९ लाख ४० हजार २ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०१८ मा हवाई मार्गबाट ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेको विभागले जनाएको छ ।

हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्या गतवर्षकोे तुलनामा २५ दशमलव १ प्रतिशतले वृद्धि भई २ लाख ४ सय ८३ पुगेको छ । त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्या २०१७ को तुलनामा ५५ दशमलव ७ प्रतिशत वृद्धि भएको विभागले बताएको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या २६ दशमलव ४ प्रतिशतले वृद्धि भएर ३ लाख १ हजार ९ सय ६३ पुगेको छ ।

नेपालका लागि दोस्रो प्रमुख पर्यटन बजार चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार ६ सय २ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या २०१७ को तुलनामा ४६ दशमलव ८ प्रतिशत बढी हो । त्यसैगरी थाइ पर्यटकको संख्या ३६ प्रतिशत, दक्षिण कोरियालीको संख्या ८ दशमलव ३ प्रतिशत र जापानी पर्यटकको संख्यामा ८ दशमलव ९ प्रतिशतले वृद्धि भएको विभागले जानकारी दिएको छ ।

त्यस्तै संयुक्त अधिराज्यका पर्यटक १५ दशमलव ६ प्रतिशत वृद्धि सहित ६३ हजार ८६ पुगेको छ । जर्मन पर्यटक २३ दशमलव १ प्रतिशत वृद्धि सहित ३६ हजार ८ सय ३३ पुगेको छ भने फ्रान्सेली पर्यटक २१ दशमलव १ ले बढेर ३१ हजार ६ सय ५३ पुगेको छ । अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या १५ दशमलव १ प्रतिशतले बढेर ३८ हजार ४ सय ८ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x